नेपाल खो-खो विश्वकपको सेमिफाइनलमा

media1737116030

नेपाली महिला टोली खो-खो विश्वकपको सेमिफाइनलमा पुगेको छ । 

भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको क्वाटरफाइनलमा नेपालले इरानलाई १०३-८ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

नेपाल समूह चरणमा अपराजित हुँदै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।


प्रतियोगितामा भोलि सेमिफाइनलका खेल हुनेछन भने पर्सि आइतवार फाइनल हुनेछ ।

समन्धित समाचार