आजको मौषम :  वर्षा र हिमपातको सम्भावना

1 10

हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही भू-भागमा हुस्सु-कुहिरो लागेको अवस्था छ। आज दिउँसो देशभर मौसम आंशिक बदलीदखि मुख्यतया सफा रहने छ ।

राति लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका एक / दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

समन्धित समाचार