राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा भेटको एक तस्बिर पोस्ट गर्दै लिङ्देनले यसबारे जानकारी दिएका हुन्। राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाले भृकुटीमण्डपमा आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री ओलीसँग भेट गरेको बताएका छन् ।
उनले शुक्रबार साँझ ओलीलाई भेटेका हुन् । लिङ्देनले भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भएको पनि उल्लेख गरेका छन्।





