श्री १००८ ज्ञानानन्द सरस्वती जी महाराजज्युद्वारा माडी नगरका विभिन्न धार्मिकस्थलहरुको अवलोकन

IMG 20250107 121433

नेपाल सन्त समाजका अध्यक्ष श्री हरिहर सन्यास आश्रम देवघाटधाम तनहुका पिठाधिस श्री १००८ ज्ञानानन्द सरस्वती जी महाराजज्युले माडी नगरका विभिन्न धार्मिकस्थलहरुको अवलोकन गर्नु भएको छ |

श्रीसनातन साँस्कृतिक सम्पदा संरक्षण संघ राप्ति नगरपालिकाको पहलमा श्री १००८ ज्ञानानन्द सरस्वती जी महाराजज्युसंगै सचिनान्द महाराज, श्रीसनातन साँस्कृतिक सम्पदा संरक्षण संघ अध्यक्ष प्रेमनिधी भारद्वाज, जय सनातनका अध्यक्ष एवं हिन्दु युवा संघ चितवनका अध्यक्ष श्याम पौडेल, श्रीसनातन साँस्कृतिक सम्पदा संरक्षण संघ राप्ति नगरपालिका अध्यक्ष मथुरा बहादुर भण्डारी लगायत, अभियन्ता एवं भजन गायक अर्जुन सापकोटा लगायतले माडीक्षेत्रमा रहेका पबित्र धार्मिक स्थलहरु अयोध्या, शनी मन्दिर, सोमेश्वर गढी साथै चक्रधाम हरिहर मन्दिरको अवलोकन गर्नु भएको थियो |

IMG 20250107 121537

अयोध्यधाममा उपस्थित भक्तजनहरुलाई सम्बोधन गर्दै श्री १००८ ज्ञानानन्द सरस्वती जी महाराजले प्रधानमन्त्री केपी ओलीले राम भगवानको जन्मभुमी माडीको अयोध्यालाई घोषणा गर्ने शाहस गर्नु भएकोमा धन्यवाद दिदै साधु सन्त, विद्वान र सरकार वीच समन्वय नहुनु कारणले आयोध्याले बिकास गर्न नसकेको बताउनु भयो | भाषणले मात्र ईतिहास कायम हुदै अभिलेखीकरण हुनु पर्छ त्यसो भयो भने जीवन्त हुन्छ भन्दै सरकारले चाहे मात्र यस धामको परिकल्पना पुराहुने भन्दै सरकार र साधुसन्त विद्वान वीच समन्वय हुन सक्ने नेपालले मात्र हैन भारतले समेत तत्थ्य र प्रमाणका आधारमा यस क्षेत्रलाई नै अयोध्या मान्न सक्ने वातारण बनाउन सकिने उल्लेख गर्नु भयो|

IMG 20250107 122149

यसै गरीउहाँले श्रीसनातन साँस्कृतिक सम्पदा संरक्षण संघ राप्ति नगरपालिकाको बिस्तारित बैठकलाई समेत सम्बोधन गर्नु भएको थियो | सनातन साँस्कृतिक सम्पदा संरक्षण अभियानमा लाग्नु भएका सबै प्रति आभार ब्यक्त गर्दै उहाँले सम्पूर्ण पधाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्तगर्नु भयो |

समन्धित समाचार