चीनको तिब्बत क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १२६ जनाको मृत्यु भएको छ। भूकम्प परेर १८८ जना घाइते भएको छन् ।
भूकम्पले सयौं भवन भत्किएका छन् । हिजो बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।