कसैलाई निषेध गरेर नभई सबैसंग सहयोग याचना मागेर महायज्ञ गर्न लागेका हौँ : ईश्वर कृष्ण महाराज जी

12 1

ऐतिहासिक मकरस्नान माघे मेला “देवघाट महा-महोत्सवका”  प्रमुख संकल्पकर्ता ईश्वर कृष्ण महाराज जीले  कसैलाई निषेध गरेर नभई सबैसंग सहयोग याचना मागेर महायज्ञ गर्न लागेको बताउनु भएको छ |

प्रमुख जिल्ला अधिकारी, जिल्लाका सबै सुरक्षा निकायका प्रमुख, महोत्सव आयोजक विश्व जागरण महा-अभियान, विश्व हिन्दु महासंघ नेपाल, चितवन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थितीमा आज बसको देवघाट क्षेत्र बिकास बोर्डको बैठक उठेका प्रश्नको जावाफदिने क्रममा उंहाले सो कुरा गर्नु भएको हो | उहाले  महोत्सव गर्नु पुर्व देवघाटमा रहेका हरेक आश्रम आफु गएको र सहयोग याचना गरि सबै संग समन्वय गरेर नै महोत्सवको आयोजना गरिएकोले अन्यथा नलिन आग्रह गर्नु भयो |   

आर्थिकका लागि मात्र यो महोत्सव गरिएको भनेर नबुझिदिन आग्रह गर्दै देवघाटमा निर्माणधिन् माता पिता सेवा आश्रम लागि गरिएको महायज्ञ हो यहाँ कसैलाई दान द्रव्य दिन करकाप नगरिने प्रष्ट पार्नु भयो |   आफुले कुनै संघ सस्थांलाई कुनै आर्थिक क्रियाकलापका लागि निषेध नगरेको बरु यस पटक आफुलाई सहयोग गरिदिन आग्रह गरेको उल्लेख गर्नुभयो | “यसपटक मलाई सहयोग गर्नुस अर्को पटक हजुरलाई गरुम्ला भनेको हो, मैले हात जोड्दै आएको छु”, उहाँले थप्नु भयो |

आफ्नो सोच सकारात्मक हुँदा हुदै कसैले गलत कुरा बाहिर ल्याईदिएको पो हो की भन्ने शंकाले गर्दै महाराजले स्थानीय संघ संस्था सगँ समन्वय गरेर नै आफु जान चाहेको काम गर्दै जादा कहिँ कतै त्रुटी हुन गएको बहेपानी आफुले सच्च्याएर अगाडी बढ्नु तयार रहेको जानकारी गराउदै यस महा – महोत्सवमा उपस्थित भएर कार्यक्रमलाई सफल बनाईदिनु हुन अनुरोध समेत गर्नु भयो |

समन्धित समाचार