मकर स्नान महोत्सवको विवादवारेको छलफल निष्कर्ष बिहिन

3 4

यही माघ १ गतेबाट संचालन हुन लागेको मकर स्नान महोत्सवको विवादको बिषयमा जिल्ला प्रशासन कार्यालयमा आज भएको छलफल बिना निष्कर्ष टुंगिएको छ |

प्रमुख जिल्ला अधिकारी, जिल्लाका सबै सुरक्षा निकायका प्रमुख, महोत्सव आयोजक विश्व जागरण महा-अभियान, विश्व हिन्दु महासंघ नेपाल, चितवन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थितीमा आज बसको देवघाट क्षेत्र बिकास बोर्डको बैठकमा विवादका बिषयमा उठान भए पनि कुनै निष्कर्षमा पुग्न सकेन |

बैठकमा विश्व हिन्दु महासंघ नेपालका तर्फबाट अध्यक्ष प्रेम गैरेले  पबित्र देवाभुमी कसैले एकाधिकार प्रयोग गरी हिन्दु धर्मालम्वी तथा स्थानीय संघसस्थाको मर्म र भावना ठेस पुर्र्याउने गरि कुनै महोत्सवको आयोजना गर्न लागिएको ब्यापक जनगुनासो आएकोले बाध्य भएर जिल्ला प्रशासन कार्यालय आउनु परेको बताउनु भयो | देवघाट क्षेत्र बिकास बोर्डले अनधिकृत रुपमा कोही एक व्यक्तिलाई पुरै देवघाट जिम्मा लागाएको आरोप लगाउनु भएको थियो |

त्यसैगरी विश्व हिन्दु युवा संघका अध्यक्ष श्याम पौडेलले आफैमा गरिमा बोकेको वेद पुराणमा माहिमा भएको देवघाट क्षेत्रलाई कुनै महाराजले महिमा गाई रहनु पर्दैन महाराजले महिमा नगर्दैमा देवघाटको महत्व घट्दैन भन्दै देवघाट धार्मिक क्षेत्र हो विवादित हुनुहुदैन र यस धार्मिक क्षेत्रमा आउने जो कोहि पनि निर्वाद रुपमा स्नान गरेर फर्किने ब्यबस्था हुनु पर्छ भन्ने कुरा राख्नु भएको थियो | पबित्र देवाभुमी सबैको साझा भएकोले कोही कसैले एकाधिकार प्रयोग गरी हिन्दु धर्मालम्वी तथा स्थानीय संघसस्थाको मर्म र भावना ठेस पुर्र्याउने गरि कुनै मेला महोत्सव गर्न लागिएको हो भने यसको प्रतिकार गरिन्छ भन्नु भयो |

छलफलमा उठेका प्रश्न हरुको जवाफ दिदै महोत्सव आयोजकका तर्फबाट ईश्वर कृष्ण महाराजले कसैले निषेध गरी मकर स्नान मेला गर्न खोजिएको नभई सबैलाई सहयोग गरिद्नुस भनेर आग्रह गरेको बताउनु भयो | उहाँले मातापिता आश्रम निर्माणका लागि यहाँ महायज्ञ गर्न लागिएको हो अन्य कुनै मनासयले महोत्सवको आयोजना नगरिएको स्पष्ट पार्नु भएता पनि छलफल निष्कर्षमा भनेपुग्न सक्ने |

यासबिच प्रमुख जिल्ला अधिकारी ज्युले महोत्सव आयोजक हिन्दु जागरण अभियान, विश्व हिन्दु महासंघ नेपाल र देवघाट क्षेत्र बिकास बोर्ड बसेर तत्काल सहमति आउन आग्रह समत गर्नु भयो |

धार्मिक क्षेत्रलाई कब्जा गरि हिन्दु धर्मालम्बीहरुको मर्म र भावनालाई ठेस पुर्र्याई अनुचित आर्थिक गतिबिधी संचालन गर्न लागेको भन्ने जन गुनासो आएको भन्दै विश्व हिन्दु महासंघ नेपाल, चितवनको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराईए पछि आज छलफलका लागि बोलाईएको थियो |    

समन्धित समाचार