काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको प्रथम बैठक काठमाडौंमा सुरु भएको छ ।
भोलिसम्म चल्ने बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानको अभिमुखीकरण र शुभारम्भ गर्ने संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार बैठकले समसामयिक राजनीतिवारे छलफल र निर्णय गर्ने भएको छ । जसपाले भदौ १ गतेदेखि मंसिर मसान्तसम्म पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान चलाउने निर्णय गरेको छ ।
आजको बैठकमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने अनुपस्थित छ । ठाकुर, महतोलगायतका नेता मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेको थियो ।