सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ अभियान अन्तर्गत यहि पौष २३ गते मंगलवार श्रीसनातन साँस्कृतिक सम्पदा संरक्षण संघको माडी नगर स्तरीय बिस्तार भेला हुने भएको छ |
सो भेलालाई नेपाल सन्त समाजका अध्यक्ष श्री हरिहर सन्यास आश्रम देवघाटधाम तनहुका पिठाधिस श्री १००८ ज्ञानेन्द्र सरस्वती जी महाराजले सम्बोधन गर्ने कार्यक्रम रहेको छ | सनातन साँस्कृतिक सम्पदा संरक्षण संघले माडीका ९ वटै वडाहरुमा वडास्तरीय कार्यसमिति गठन पु्रा गरेसंगै सनातन साँस्कृतिक सम्पदा संरक्षण संघले सो भेलाको आयोजना गरेको हो |
संघको वडास्तरीय समिति गठन अभियानका क्रममा माडी १ मा नारायण प्रसाद दवाडीको अध्यक्षतामा १५ सदस्यीय, वडा नं. २ मा प्रेमप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय र माडी ३ मा ईन्द्रकुमारी महतोको अध्यक्षतामा ९ सदस्यीय वडासमिति गठन भएको हो ।
त्यस्तै, माडी ४ मा कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा ११ सदस्यीय, माडी ५ मा प्रेमप्रसाद काफ्देको अध्यक्षतामा ११ सदस्यीय, माडी ६ मा सुर्य अधिकारीको अध्यक्षतामा ११ सदस्यीय र माडी ७ मा डिल्लीराम च्वाईंको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन भएको हो ।
यस्तै, माडी ८ मा गणेशबहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय र माडी ९ मा गोकुल लम्सालको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन भएको छ ।
तस्विर: स्वदेश एफ एम