भारतको राजधानी दिल्लीमा खराब मौसमका कारण उडान तथा रेल सेवा प्रभावित

3 3

 भारतको राजधानी दिल्लीमा खराब मौसमका कारण उडान तथा रेल सेवा प्रभावित भएका छन् ।

बाक्लो कुहिरोले हिजो दिल्लीको गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै दुई सय उडान ढिलाइ तथा केही रेल सेवा प्रभावित भएको हो । दिल्ली इन्टरनेशनल एअरपोर्ट लिमिटेड (डीआईएएल)ले मौसम खराबका कारण उडानहरू प्रभावित भएका जनाएको छ ।

कम भिजिबिलिटीका कारण स्पाइसजेट, इन्डिगो र एअर इन्डियालगायतका एयरलाइन्सका उडान प्रभावित भएका हुन् ।

भारतीय रेलवेले कम्तीमा २४ वटा रेल बाक्लो कुहिरोका कारण ढिलाइ भएको जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । केही रेल सेवा झण्डै पाँच घण्टासम्म ढिलो भएका थिए ।

समन्धित समाचार