चितवनको लोथारमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् पच्चिस लाख दीप प्रज्वलन कार्यक्रम हुने

14

श्री राधा कृष्ण मन्दिर व्यवस्थापन समिति तथा श्री सनातन सास्कृ‌तिक सम्पदा संरक्षण संध राप्ती नगर समितिको आयोजनामा चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. १ लोथरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् पच्चिस लाख दीप प्रज्वलन कार्यक्रम हुने भएको छ |

अत्यन्त कर्णप्रीय स्वरका धनी नेपाल कै चर्चित कथावाचक श्री परसुराम पाण्डेय ज्यूको मुखारविन्दबाट वाचन हुने यस महायज्ञ मिति २०८१ माघ ३ गते देखि १० गते सम्म श्री राधा कृष्ण मन्दिर प्राङ्गणमा आयोजना हुने जनाईएको छ |

वैदिक सनातन धर्मको जागरण धार्मिक पर्यटकीय प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ आयोजना गरिएको भक्तिमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् पच्चिस लाख दीप प्रज्वलन कार्यक्रममा कथामृत श्रवण गरी पुण्य आर्जनको साथै तन, मन र धनले सहयोग गरि महायज्ञ सफल पार्न स-परिवार उपस्थितिका लागि ओमकार परिवार भित्रका सम्पूर्ण सनातन हिन्दु धर्मालम्बी एवं सबैमा आयोजक कमिटीले हार्दिक निमन्त्रणा गरेको छ |

समन्धित समाचार