विश्वहिन्दु महा संघ, चितवनको आयोजनामा भोलि मिति २०८१ पौष गते रत्ननगर नगपालिका – ८ , चित्रसारमा धार्मिक सभाको आयोजना गरिएको छ |
गुरु ज्ञानानन्दको प्रमुख आतिथ्यमा आयोजना हुने सो सभामा धार्मिक सभाका साथै, भजन किर्तन प्रतियोगिता तथा प्रसाद ग्रहण कार्यक्रम समेत हुन भएको छ | उक्त कार्यक्रममा उपस्थित भएर गुरुहरुको वाणी तथा भजन किर्तनहरु श्रवण गरेर प्रसाद ग्रहण गरिदिनु हुन सम्पूर्ण चितवनवासी ओमकार परिवारलाई आयोजक कमिटीले आग्रह गरेको छ |
कार्यक्रमका बिषयमा थपाप्रस्ट पार्दै विश्व हिन्दु महासंघ नेपाल, चितवनका अध्यक्ष श्री प्रेम गैरेले चितवन जिल्लामा हाम्रो धार्मिक गतिबिधीलाई चलायमान बनाएर लानु पर्छ, हाम्रो धार्मिक गतिबिधी यतिबेला कमजोर हुँदै गएको र इसाईहरुले हाम्रो धर्म संस्कृति प्रति धावा बोल्दै गएको अवस्थामा हाम्रा धार्मिक अभियन्ताहरुलाई सजग गराउनको लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो |
– दिनेश प्रसाद बढु