दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार आइतबार साँझ ५ः३० बजेतिर गाडी सडकबाट नदीमा खसेको थियो । दुर्घटनामा परी ६८ पुरुष र तीन महिलाको मृत्यु भएको हो । घटनामा अन्य दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाको समयमा बसमा कति यात्रु सवार थिए भन्नेबारे जानकारी भएको छैन । राजधानी अदिस अबाबाबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको सिदामा राज्यको बोना जुरिया वोर्डामा दुर्घटना भएको हो ।