शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लक्ष्य अनुसार काम गर्न नवनियुक्त उपकुलपतिहरूलाई निर्देशन दिएकी छन् ।
आज सामाजिक सञ्जालबाट शुभकामना दिँदै उनले आफूले प्रस्तुत गरेको भिजन मिसन र लक्ष्यलाई प्रमुख प्राथमिकता दिएर आफ्नो कार्यकाल पूरा गर्न भनेकी हुन् । उनले पोखरा विश्वविद्यालय, कृषि वन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिको खुल्ला छनोट प्रक्रिया पूरा गरी शपथ लिएर उपकुलपतिहरूले पदभारसमेत ग्रहण गरिसकेको जानकारी दिइन ।