त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५० औँ दीक्षान्त समारोह आयोजना गर्दैछ ।
आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिविले ५० औँ दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदै छन । सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । गत वर्षभन्दा यस पटक २ हजार भन्दा बढी विद्यार्थी दीक्षित हुने छन । स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि(पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदै छन ।
समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ ।