सरकार विदेशीसंग ऋण लिएर त्यसमा लुटने काम गरिरहेको छः प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उधोग, व्यापार ध्वस्त हुदै गइरहेको टिप्पणी गरेका छन् ।

कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा विद्यार्थीहरूसँगको भेटमा अध्यक्ष साहले यस्तो बताएका हुन् ।  तीन तहको सरकारको मनोमानी कर एवं लुटतन्त्रले उधोगी, व्यापारी, सर्वसधारण लगायत समस्यामा पर्दै गइरहेको उनले बताए ।

‘सरकार अहिले विदेशीसंग ऋण लिएर त्यसमा लुटने काम गरिरहेको छ’, उनी थप्छन्, ‘नेपाली जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको सरकारले मनोमानी कर पनि लगाएको छ ।’