रवि सांसदबाट निलम्बन हुने

 सहकारी ठगी प्रकरणलगायत विभिन्न मुद्दामा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गुम्ने भएको छ । उनीसहित आज ३१ जना विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ ।

यो मुद्दा दायर भएसँगै लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो । सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद गुम्ने भएको हो । योसँगै लामिछानेको सांसद पद दोस्रो पटक निलम्बन भएको हो ।