आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

6 10

पुस महिनाको पहिलो आइतबार आज भगवान सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ । यो दिनलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ ।

यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक आइतबार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ ।

सूर्य भगवानलाई मनपर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ । 

समन्धित समाचार