नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे सुरू हुने छ । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।प्रतियोगिताको फाइनल खेल पर्सि शनिबार हुनेछ ।