काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।
सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो ।