स्कुटी दुर्घटनामा परि बाबु र छोरीको मृत्यु

101

बर्दियाको गुलरियास्थित बर्दिया अस्पतालनजिक आइतबार स्कुटी दुर्घटनामा परि बाबु र छोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार, दुर्घटनामा गुलरिया–६ निवासी रामकुमार साह र उनकी ६ वर्षीया छोरी विद्या साहको ज्यान गएको हो।

रामकुमार साहले चलाएको बा ६८ प ७०३६ नम्बरको स्कुटी एक ट्याक्टरसँग ठोक्किएपछि दुर्घटना भएको प्रहरीको जानकारी छ। स्कुटीमा चारजना सवार थिए। दुर्घटनामा रामकुमारकी पत्नी रुबी साह र छोरा प्रिन्स साह घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

समन्धित समाचार