नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स पाँच रनले विजयी भएको छ। १५४ रनको लक्ष्य पछ्याएको पोखरा दुई बल बाँकी रहँदा अलआउट भएको हो।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४२ रन बनाएका थिए।
ब्राण्डन म्याकमुलनले २३ र दिपेन्द्र सिंह ऐरीले २० रनको योगदान गर्दा विनोद भण्डारी १४ तथा हर्मित सिंह १३ रन जोडेर पेभिलियन फर्किए। इसान पाण्डे १०, सैफ जैब ९ र स्कट कुगलेइजन २ दुई रन बनाएर आउट हुँदा नरेश बुढाएरले अविजित ६ रन जोडे।