दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल निलम्बनमा परेका छन् ।
संसदबाट महाअभियोग पारित भएसँगै युन राष्ट्रपति पदबाट निलम्बित भएका हुन् । दक्षिण कोरियामा सैनिक शासन लगाउँदै ‘मार्सल ल’ लगाएको आरोपमा राष्ट्रपति युनलाई संसद्ले महाअभियोग लगाएको हो ।
युनले करिब दुई साताअघि सैनिक शासन घोषणा गरेलगत्तै संसद् सक्रिय भएर त्यो शासन खारेज गर्दै राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रक्रिया शुरु गरेको थियो । जस अनुसार पक्ष विपक्षमा संसद्को मत बाझिएर बहुमत पुग्न नसक्दा महाअभियोग संसद् पारित हुन सकेको थिएन ।
शनिबार संसद्ले फेरि दोस्रो पटक महाअभियोग प्रस्ताव पेस गरेकामा पक्षमा बहुमत परेकाले राष्ट्रपति युनमाथिको महाअभियोग पारित भएको हो ।