सडकमा निर्माण सामाग्री राख्‍नेलाई महानगरले तिरायो २५ हजार जरिवाना

14 1

 काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माणजन्य सामग्री थुपारेको एक कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले काठमाडौं पञ्चकन्या इन्जिनियरिङ सोलुसन प्रालिलाई निर्माणजन्य सामग्री थुपारेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गराएको हो । काठमाडौं महानगरपालिकामा जथाभावी फोहोर फ्याल्ने, सडकमा निर्माण सामग्री थुपार्ने, फुटपाथमा पसल राख्ने र जथाभावी पार्किङ गर्न निषेध गरिएको छ ।

समन्धित समाचार