दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध फेरि महाअभियोग प्रस्ताव अघि बढेको छ ।
अघिल्लो हप्ता भएको मतदानमा महाअभियोगबाट जोगिएपछि विपक्षी दलहरुले फेरि संसदमा महाअभियोग प्रस्ताव अघि बढाएका हुन् । प्रस्तावमा भोलि मतदान हुनेछ । यसपटक भने दक्षिण कोरियाको सत्तारूढ दलले पनि राष्ट्रपति योललाई महाअभियोग लगाउने प्रस्तावको समर्थन गर्ने स्रोतले जनाएको छ ।
अघिल्लो हप्ता महाअभियोगको प्रस्तावमा मतदान हुनुअघि राष्ट्रपतिले मार्सल कानून लागू गरेकोमा माफी मागेपछि सत्तारुढ पीपीपीका सांसदहरू मतदानमा उपस्थित भएनन् । तर राष्ट्रपतिले राजिनामा नदिइ अन्तिमसम्म लड्ने बताएपछि यस पटक सत्तारुढ पीपीपीका सांसदहरुले पनि महाअभियोगको प्रस्तावमा मतदान गर्ने भएका हुन् ।