कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य

6 6

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो ।कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधि ४४ रन जोडे ।

अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाए । लुम्बिनीका लागि वकास आग्रीले ३ तिलक भण्डारीले २ विकेट लिए । रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १–१ विकेट लिए ।

समन्धित समाचार