नेपाल प्रिमियर लिग(एनपिएल) काठमाडौं गुर्खाजलाई पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ ।
आजको दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जितका साथ जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५।५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुँदै १ सय १ रनको झिनो योगफल तयार गरेको थियो । अब जनकपुरले आफ्नो अन्तिम खेल आइतवार चितवन राइनोजसँग खेल्नेछ । काठमाडौंले पोखरा र विराटनगरसँग खेल्न बाँकी छ ।