आत्मघाती हमलामा तालिवान मन्त्री खलील हक्कानीको मृत्यु

5 5

 तालिबान सरकारका शरणार्थी मामिला मन्त्री खलील–उर–रहमान हक्कानीको काबुलस्थित मन्त्रालयको भवनमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएको छ ।

हमलामा अन्य व्यक्तिको पनि मृत्यु भएको छ  । तालिबान सरकारको सूचना मन्त्रालयका प्रवक्ताले नै आत्मघाती हमलामा मन्त्री खलील हक्कानीको मृत्यु भएको पुष्टि गरेको हो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

हक्कानी तालिबान सरकारका आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका र अफगान तालिवानको हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका भाइ थिए । उनलाई हक्कानी नेटवर्कको प्रमुख व्यक्तित्व मध्ये एक मानिन्थ्यो।

समन्धित समाचार