काठमाडौं गुर्खाजसँग पराजित भए संगै लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिगको प्लेअफ यात्रा सकियो

3 5

 पाँच खेलका हारसँगै लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिगको प्लेअफ यात्रा सकिएको छ। आज भएको छैटौ खेलमा लुम्बिनी काठमाडौं गुर्खाजसँग पराजित भयो। ६ खेलमध्ये लुम्बिनीले एकमा मात्र जित निकाल्यो। 

मात्र १०४ रनको लक्ष्य पछ्याउन नसक्दा लुम्बिनीले लिगको प्लेअफ यात्रा समाप्त गर्‍यो। १९ दशमलव २ बलमा ८५ रन बनाउँदै अलआउट भयो। 

लुम्बिनीका लागि सन्दीप जोराले २६ रन बनाउनुबाहेक अन्य कुनै ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन्। उन्मुक्त चन्दले १४ र सूर्य तामाङले ११ रन बनाए। 

काठमाडौं गुर्खाजले आजको जितसँगै चार खेलमा दुई जित र दुई हार व्यहोरेको छ। सँगै चार अंक बनाएको छ। लुम्बिनीमाथि जित निकाल्ने क्रममा काठमाडौंका कप्तान करण केसीको कसिलो बलिङ महत्त्वपूर्ण रह्यो। 

केसीले चार ओभरमा १६ रन खर्चिँदै ४ विकेट लिँदा दीपेश कँडेलले चार ओभरमा ६ रन खर्चिँदै ३ विकेट लिए। जेरहार्ड इरासमसले २ विकेट लिँदा रासिद खानले एक विकेट लिए। 

त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १०३ रन बनाएको थियो। 

भीम सार्कीले ३१, स्टेफिन इस्कीनाजीले १३, डान डुथवाइटीले २१ र प्रतीक श्रेष्ठले २० रन जोडेका थिए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका लागि बलिङतर्फ सादबिन जाफरले ३, रेयमन साइमोन्ड्स, अभिशेष गौतमले २/२ तथा सूर्य तामाङ र विवेक यादवले १/१ विकेट लिएका थिए।

समन्धित समाचार