अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सहयोग गरेको छ ।
अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको स्रोतले जनाएको छ । यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो ।
अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने बताए ।
उनले मंगलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउने बताए ।