तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राम्रो छः शिक्षामन्त्री

101

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राम्रो रहेको बताएकी छन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा उनले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालयको स्थापना हुनु राम्रो रहेको बताएकी हुन् । आँखा शरीरको महत्वपूर्ण तथा संवेदनशील अङ्ग भएकाले आँखा स्वास्थ्य क्षेत्रमा यसको अध्ययन, अध्यापन, अनुसन्धान आवश्यक रहेको बताइन । यो विधेयकलाई परिस्कृत गरेर अगाडि बढाउनुपर्ने उनको भनाई छ । 

सोही बैठकमा विधेयक संशोधन प्रस्तावकर्ता सांसद पदमबहादुर परियारले विधेयक समसामयिक रहेको बताउँदै नेपालमा आँखा स्वास्थ्यमा काम गर्ने अरू पनि संस्था रहेकाले उनीहरुलाई पनि समेट्ने विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे । संशोधन प्रस्तावकर्ता अर्का सांसद मदनकुमारी शाह (गरिमा)ले विधागत रूपमा विश्वविद्यालय बन्नु राम्रो थालनी भएको बताइन ।

समितिकी सदस्य सांसद जयन्तीदेवी राईले तिलगङ्गाले आँखा स्वास्थ्यमा सबैको मन जितिसकेको बताउँदै यो विधेयकलाई नरोक्न र यसलाई छिटो बढाउनुपर्ने बताइन ।

समन्धित समाचार