“चितवनले सुदूरपश्चिमलाई १६५ रनको चुनौती, हसन इसाखिलको उत्कृष्ट प्रदर्शन”

sports news

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको चुनौती दिएको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै १६४ रनको सम्मानजनक स्कोर खडा गर्‍यो। चितवनका लागि हसन इसाखिलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६५ रन बनाए। उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई मजबुत स्कोरतर्फ डोर्‍याए।

त्यस्तै, रवि बोपाराले १८ बलमा २ छक्का र २ चौकाको मद्दतमा ३६ रनको तेज पारी खेले। अन्य खेलाडीहरूमध्ये बिपिन रावलले १७, कुशल मल्लले १३, र सन्तोष कार्कीले ९ रनको योगदान गरे।

बलिङतर्फ सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइनले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन, र सैफ अली जैबले १-१ विकेट लिए।

अब सुदूरपश्चिम रोयल्सले जितका लागि १६५ रनको लक्ष्य पछ्याउनेछ। खेल थप रोमाञ्चक बन्ने संकेत देखिएको छ।

समन्धित समाचार