नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि चार जनाबीच प्रतिस्पर्धा

Fnj new team patrakar mahasangh

काठमाडौं। नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको नामावलीअनुसार देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट, र लालसिंह लामाबीच प्रतिस्पर्धा निश्चित भएको हो।

शर्मा साझा उम्मेदवार
निर्मला शर्मा नेकपा (एमाले) निकट प्रेस चौतारी र नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनकी साझा उम्मेदवार हुन्। चौतारी र युनियनबीच अध्यक्षसहित विभिन्न पदाधिकारीमा भागबन्डा गर्ने सहमति भएपछि शर्मा साझा उम्मेदवार बनेकी हुन्।

सहमति अनुसार चौतारीले महासंघ अध्यक्षसहित ५ पदाधिकारी लिनेछ भने युनियनले वरिष्ठ उपाध्यक्षसहित ८ पदाधिकारी लिनेछ। महासंघका ४३ जिल्ला शाखा अध्यक्ष प्रेस युनियनले र ३४ जिल्ला शाखा अध्यक्ष प्रेस चौतारीले पाउने सहमति भएको थियो।

विष्टको बागी उम्मेदवारी
वर्तमान कार्यवाहक अध्यक्ष रमेश विष्ट कांग्रेसनिकट युनियनका हुन्। युनियनले चौतारीसँग गठबन्धन गरेपछि उनले महासंघ अध्यक्षमा बागी उम्मेदवारी दिएका हुन्। विष्टलाई नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालसहित विभिन्न ६ संगठनले समर्थन गरेका छन्।

अन्य प्रमुख पदका उम्मेदवार
महासंघको वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य, र रोशन पुरीबीच प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्ष महिलामा गंगा पौडेल बराल र नितु पण्डितबीच प्रतिस्पर्धा हुनेछ।

समावेशी उपाध्यक्षका लागि उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह, र सुभाषप्रसाद साहबीच प्रतिस्पर्धा हुनेछ। महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।

अन्य सचिव र कोषाध्यक्ष पदका लागि प्रतिस्पर्धा
सचिव खुलातर्फ उत्तरसिंह विष्ट, कुमार ओझा, बालकृष्ण अधिकारी, माधव दुलाल र रमेश खतिवडाले उम्मेदवारी दिएका छन्। सचिव महिलामा सरिता बराइली र सोनी शर्माबीच प्रतिस्पर्धा हुनेछ।

सचिव आदिवासी जनजाति तर्फ टीकाराम प्रधान, भिसन राई, र सविन प्रियासनबीच प्रतिस्पर्धा हुनेछ। मधेसी सचिवमा अशोककुमार तिवारी, प्रविणकुमार चौधरी, र श्रीजन झाबीच प्रतिस्पर्धा हुनेछ।

सचिव दलितमा प्रकाश धौलाकोटी, भीमबहादुर विश्वकर्मा, बसन्त विक र सन्तोषकुमार बराइली प्रतिस्पर्धामा छन्। एसोसिएट सचिव पदका लागि योगेश खपाङ्गी, विकास कार्की, र बैकुण्ठराज पराजुली प्रतिस्पर्धा गर्दैछन्।

कोषाध्यक्ष पदमा रामकृष्ण अधिकारी र रामकृष्ण ज्ञवालीबीच प्रतिस्पर्धा हुनेछ।

महाधिवेशन मंसिर २८ गते
नेपाल पत्रकार महासंघको महाधिवेशन मंसिर २८ गते हुनेछ। विभिन्न पदका लागि हुने प्रतिस्पर्धाले महासंघको आगामी नेतृत्व निर्माणमा विशेष महत्व राख्ने अनुमान गरिएको छ।

समन्धित समाचार