नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्समाथि कर्णाली याक्सले रोमान्चक जित हात पारेको छ ।
आजको दोस्रो खेलमा कर्णालीले ७ रनको रोमान्चक जित हात पारेको हो । कर्णालीले दिएको १ सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । त्यसअघि कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुदै १ सय ३३ रन मात्र जोडेको थियो ।
भोलि लिगमा २ खेल आयोजना हुदैछ । पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दैछन ।