लुम्बिनी लायन्स लगातार तीन खेलमा पराजित

9 3

 नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्स लगातार तीन खेलमा पराजित भएको छ ।

जारी एनपिएलमा लगातार तीन खेल गुमाउने लुम्बिनी पहिलो टोली बन्यो । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीलाई सुदूरपश्चिम रोयल्सले ४५ रनले पराजित गर्‍यो ।

सुदूरपश्चिम भने लगातार तीन खेलमा जित निकाल्न सफल भयो। जितसँगै सुदूरपश्चिम तीन खेलबाट छ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी कुनै पनि बेल सम्हालिन सकेन। 

समन्धित समाचार