राप्रपा प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले रवि लामिछानेमाथि राज्य आतंक फैलाएको आरोप लगाएका छन्। हिरासतमा बस्दा कानुन व्यवसायी राख्न पाउने भए पनि रविलाई भने अधिकार नदिएको शाहीको आरोप छ।
आज सामाजिक सन्जालमा शाहीले राज्य सञ्चालन गरिरहेका सञ्चालकले मानव अधिकारको गम्भीर उल्लंघन गरेर राज्य आतंक मचाउँछु भन्ने सोच राखेको तर त्यो सपना मात्र हुने बताएका छन्।






