नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार दुई खेल हुँदैछन् ।
पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । त्यस्तै लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ । कर्णाली याक्स जितविहीन छ । उसले अहिलेसम्म दुई खेल खेलिसकेको छ। याक्स पहिलो खेलमा जनपुर बोल्ट्स र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग पराजित भएको थियो ।
पोखरा एभेन्जर्सले पनि यसअघि खेलेका दुवै खेलमा पराजय ब्यहोरेका छन् । पहिलो खेल चितवन राइनोजसँग र दोस्रो खेल जनकपुरसँग पोखरा पराजित भएको थियो।चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ ।
पहिलो खेलमा काठमाडौं र दोस्रो खेलमा पोखरालाई पराजित गरेको थियो । लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा ऊ विराटनगर किंग्ससँग पराजित भएको थियो ।