वाईडबडी भ्रष्टाचार काण्ड : सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर

बहुचर्चित भ्रष्टाचार काण्ड (वाईडबडी विमान खरिदमा भ्रष्टाचार) मा विशेष अदालतले नेपाल वायुसेवा निगमका तत्कालिन अध्यक्ष शंकरप्रसाद अधिकारीसहित चार जनालाई भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको छ ।

आज (बिहीबार) विशेष अदालतको फैसलाको संक्षिप्त आदेश सार्वजनिक भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट यो फैसला भएको हो।

जसमा तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो । कंसाकारलाई २ वर्ष ६ महिना कैद तोकेको छ । यस्तै, उनलाई १२ करोड २५ लाख ९० रूपैयाँ जरिवाना पनि तोकिएको छ । कंसाकार अहिले ७४ वर्ष पुगिसकेकोले ज्येष्ठ नागरिकको लाभ लिँदै कैदमा ५० प्रतिशत छुट पाउनेछन् । जुन कुरा अदालतको फैसलामै लेखिएको छ।