हिजबुल्लाह नेता नइम कासिमले इजरायलसँगको युद्धमा आफूहरू विजयी भएको घोषणा गरेका छन्। आफ्नो समूहले हिजबुल्लाहलाई हटाउने र प्रतिरोधलाई कमजोर पार्ने इजरायलको प्रयासलाई विफल पारेको दाबी गरे । इजरायलसँगको युद्धविराम गत बुधबार बिहानैदेखि लागु भएपछि कासिमले आफ्नो पहिलो टेलिभिजन भाषणमा उक्त टिप्पणी गरेका हुन् ।
इजरायलसँगको युद्धमा विजयी भएको हिजबुल्लाहको घोषणा
