कालीकोट–जुम्ला सडक आज दिनभर बन्द

106

उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टाका लागि बन्द गरिएको छ ।

सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । कालीकोट-जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका-६ खल्लागाडबाट वडा नम्बर १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो ।

सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट–जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म आज बिहान ५ बजेबाट साँझ ६ बजेसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन बन्द गरिएको हो । 

समन्धित समाचार