यू-१९ एसिया कपः  आज बंगलादेशसँग खेल्दै नेपाल

105

एसिसी यू-१९ एसिया कपमा आइतबार नेपालले बंगलादेशसँग खेल्दैछ ।

संयुक्त अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल आइतबार बिहान १०ः४५ बजे सुरू हुनेछ ।
शुक्रबारदेखि सुरू भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।

सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेल जित्न जरूरी छ । समूह चरणकै खेलमा  बंगलादेशले अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो।

समन्धित समाचार