भारत हुँदै अवैध रुपमा कुवेत जान लागेका १३ युवतीको उद्धार

10 3

रूपन्देही जिल्लाको बेलहिया नाका हुँदै अवैध रुपमा भारत हुँदै कुवेत जान थालेका १३ जना युवतीको उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी नवीन पौडेलले १३ युवतीको उद्धार गरिएको जानकारी दिए।

पौडेलले रूपन्देहीको शान्ति पुनःस्थापना गृहले युवतीहरुको उद्धार गरेको र थप अध्ययन भइरहेको बताए।

शान्ति पुनःस्थापना गृह रूपन्देहीका सुपरभाइजर नितेश चौधरीले बिहीबार दिउँसो ३ बजे अवैध रुपमा कुवेत जान लागेका युवतीको उद्धार गरिएको बताए। चौधरीले युवतीसँग श्रम स्वीकृति, बीमालगायतका कागजपत्र नभएकाले शंका लागेकाले उद्धार गरिएको जानकारी दिए।

समन्धित समाचार