साबेलले हानेर साथीको हत्या

25

आफूले भनेको काम नमानेको भन्दै मकवानपुरको मनहरिमा साबेलले हानेर एक जनाले साथीको हत्या गरेका छन् । हत्या अभियोगमा मनहरि गाउँपालिका–६ का अम्मर बहादुर लोप्चन पक्राउ परेका छन् ।

उनीमाथि मनहरि गाउँपालिका–६ प्रतापुर लच्का बस्ने जित बहादुर मोक्तानको हत्या गरेको अभियोग छ ।

३४ वर्षीय अम्मर बहादुर लोप्चनले साबेल प्रहार गरी जित बहादुरलाई घाइते बनाएका थिए । घाइते बनाएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साबेल प्रहारबाट गम्भीर घाइते भएका जित बहादुरको भरतपुर सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरु साथी साथी रहेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

समन्धित समाचार