धरहराबाट एनपीएलको ट्रफी अनावरण

5 6

नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी धरहराबाट अनावरण गरिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीले आज धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

अनावरणमा प्रधानमन्त्री ओलीसँगै खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत सहभागी थिए ।

ट्रफीमा माथिल्लो भागमा कालापत्थरको ढुङ्गा राखिएको छ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदै छ । 

समन्धित समाचार