राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक स्थगित भएको छ । सभापति रवि लामिछानेको रिहाइका लागि आन्दोलनको पक्षमा बहुमत नपुगेपछि बैठक स्थगित भएको हो ।
बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा धेरै नेताहरूले आन्दोलनको औचित्यमाथि प्रश्न उठाएपछि फेरि बस्ने भनेर बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
लामिछाने पक्राउको विराेधमा भइरहेको प्रदर्शनप्रति रास्वपामा दुई धार छ । मंगलबार उपसभापति डाेलप्रसाद अर्यालले आकस्मिक रूपमा बैठक बोलाएका थिए । बैठकका एजेन्डाहरू सार्वजनिक गरिएको थिएन ।
रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा थुनामा छन् । लामिछाने पक्राउ परे पनि रास्वपाले कार्यवाहक सभापति तोकेको छैन ।
सभापति लामिछानेलाई पाेखरा र रुपन्देहीपछि काठमाडाैंबाट पनि पक्राउ पुर्जी जारी भएको छ । आफ्ना सभापतिमाथि राजनीतिक प्रतिशाेध साँधिएको भन्दै रास्वपा आन्दाेलित छ ।





