पाकिस्तानमा भएको आक्रमणमा आठ सैनिकसहित १७ जनाको मृत्यु 

4 4

उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेका छन् ।

खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा आठ सैनिक र नौ आतङ्कवादी मारिएको स्रोतले जनाएको छ । पाकिस्तानी तालिवान (टिटिपी) ले यस घटनाको जिम्मेवारी लिएको छ ।

तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका सात जना प्रहरी अधिकारीहरू अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार आक्रमणकारीहरूले अधिकारीहरूका हात हतियारहरू पनि जफत गरेका थिए ।  

समन्धित समाचार