दिल्ली विश्वकै प्रदूषित सहर, काठमाडौँ  १७ औं स्थानमा

2 3

 भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ ।

पाकिस्तानको लाहोरलाई उछिन्दै दिल्लीले शीर्ष स्थान कब्जा गरेको हो । आईक्यू एयरका अनुसार सोमबार बिहान दिल्लीको वायुको गुणस्तर ९३१ एक्यूआई रहेको छ । यो अवस्थालाई निकै खतरनाक मानिन्छ ।

दोस्रो स्थानमा रहेको लाहोरको एक्यूआई ४१४ छ । तेस्रो स्थानमा बंगलादेशको ढाका सहर रहेको छ । त्यहाँ एक्यूआई २४२ मापन गरिएको छ । यता काठमाडौँ  १७ औं स्थानमा रहेको छ ।  सोमबार बिहान यहाँको एक्यूआई १ सय २७ मापन गरिएको छ ।

समन्धित समाचार