चीनमा एक युवकले जथाभावी चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ ।
अन्य १७ जना घाइते भएका छन् । वुशी सहरको एक कलेजमा २१ वर्षका विद्यार्थीले जथाभावी चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको स्रोतले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । प्रहरीका अनुसार चक्कु प्रहार गर्ने युवक पनि त्यही कलेजका विद्यार्थी हुन् ।
यस अघि इन्टर्नशीपमा कम पैसा दिएको भनेर असन्तुष्टि पोखिरहेका ती विद्यार्थीको परीक्षामा खराब नतिजा आएपछि कलेजले प्रमाणपत्र दिन अस्विकार गरेको थियो । खराब नतिजापछि आक्रोशित बनेका युवकले कलेजमा जथाभावी चक्कु प्रहार गरेको स्रोतले जनाएको छ ।