सहकारी ठगी आरोपमा हिरासतमा रहेका रवि लामिछानेलाई अनुसन्धानका लागि फेरी पोखरा फर्काएर लगियो।

Rabi Lamichhane

काठमाडौं, ३० कार्तिक: सहकारी ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि कास्कीबाट रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिएको छ। आज (शुक्रबार) भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सभापति लामिछानेलाई यति एयरको विमानमार्फत पोखरा लगिएको हो।

बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई प्रहरीले तीन दिनसम्म बयान लिएको थियो। सहकारी ठगी र संगठित अपराध कसुरमा लामिछाने गत कार्तिक ३ गतेदेखि प्रहरी हिरासतमा छन्। गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहँदा सहकारीबाट रकम संकलन र परिचालन कार्यमा संलग्नता रहेको भन्दै लामिछानेलाई अनुसन्धानको दायरामा ल्याइएको हो।

लामिछाने लामो समयदेखि प्रहरी हिरासतमा रहँदा रास्वापाका नेता तथा सांसदहरूले चरणवद्ध आन्दोलन गरिरहेका छन्। उनीहरूले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरी हिरासतमा राखिएको दाबी गर्दै आइरहेका छन्। रास्वापा समर्थकहरूले लामिछानेमाथिको अनुसन्धानलाई पूर्वाग्रहपूर्ण र पक्षपाती भन्दै न्यायिक प्रक्रिया र निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

समन्धित समाचार