राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा आजपनि बयान दिँदै

ravi lamichhane led party registered in election commission 10 768x512 1

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगीको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीमा बुधवार करिब दश घण्टासम्म बयान लिइएको छ। सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी आरोपमा रुपन्देही प्रहरीले कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रूपन्देही ल्याएर बयान प्रक्रिया अगाडि बढाएको हो।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता र प्रहरी अधिकारीहरूको उपस्थितिमा मंगलबार पाँच घण्टा र बुधवार दश घण्टा गरी हालसम्म करिब १५ घण्टा लामिछानेसँग बयान लिइएको छ। बयानका क्रममा थप प्रश्नहरू बाँकी रहेका कारण बुधवार राति बयान प्रक्रिया रोकिएको र बिहीबार बिहानबाट पुनः बयान सुरु हुने जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता पौडेलले जनाएका छन्।

उनले भने अनुसार, बयानलाई अन्तिम रूप दिन बाँकी रहेकोले आज बिहीबार लामिछानेसँग आवश्यक प्रश्नहरू सोधेर बयान कार्यलाई सम्पन्न गरिनेछ।

समन्धित समाचार